२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च !

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

शुक्रबार सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने आज तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस