२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज नेपाल VS अमेरिका: हराएको हेर्ने नेपाली चाहाना, सन्दीपको ६ विकेटले बनेको थियो विश्व चकित

Nepal wraps up the US tour with a defeat

काठमाडौं । नेपालले अमेरिकासँग ठ्याक्कै एक बर्ष अघि जुन १९, २०२३ मा प्रतिस्पर्धा गरेको छ । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई ४२ बल बाँकी छँदै ६ विकेटले जित हासिल गरेको थियो । आज नेपालले टी २० विश्वकप अन्तर्गत अमेरिकासँग वार्मअप खेल खेल्दैछ ।

नेपाल र अमेरिकाबीच टी २० मा भने अहिलेसम्म दुई खेल भएका छन् । दुबै देशले एक–एक खेल जितेका छन् । नेपाल र अमेरिकाबीच हालसम्म ७ ओडिआई खेल भएका छन् । जसमा नेपाल ४ खेलमा जित, २ मा हार र १ खेल टाई भएको छ । नेपाल र अमेरिकाबीच सबै ६ खेल आइसिसी विश्वकप लिग २ मा भएका थिए । १ खेल विश्वकप छनोट अन्तर्गत भएको थियो । नेपालले समान दुई खेल टियु, ओमान र अमेरिकामा खेलेको थियो ।

यस्तो छ नतिजा

जुन १९, २०२३ मा आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई ४२ बल बाँकी छँदै ६ विकेटले जित हासिल गरेको थियो ।
२०२० फेब्रुअरीमा नेपालले दुबै खेलमा अमेरिकालाई घरेलु मैदान टियुमा पराजित गरेको थियो । पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । कुशल मल्लले ५० र विनोद भण्डारीले ५९ रन बनाएपछि नेपालले १ सय ९० रन बनाएको थियो । करण केसीले ४ विकेट लिएपछि अमेरिका १ सय ५५ रनमा अल आउट भएको थियो ।

टियुमा दोस्रो खेलमा सन्दीप लामिछानेले ६ र सुशान भारीले ४ विकेट लिएपछि अमेरिका ३५ रनमा अल आउट भएको थियो । जुन ओडिआईमा संयुक्त रुपमा सवैभन्दा कम योगफल हो । श्रीलंकासँग जिम्बावे ३५ रनमा अल आउट भएको थियो । यी रेकर्ड ब्रेक भएका छैनन् ।

२०२१ मा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । २ सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर कुशल भुर्तेलले ८४ र रोहित पौडेलले ६२ रन बनाएका थिए । ओमानमा दोस्रो खेलमा भने नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । १ सय ७५ रनको विजयी लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाका स्टिभ टेलरले ६३ बलमा ९२ रनको इनिङ खेलेका थिए ।

घरेलु टोली अमेरिकासँग पहिलो खेलमा नेपाल ३९ रनले पराजित भएको थियो । दास्रो खेल भने टाई भएको थियो । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । उक्त खेलमा नेपालका आसिफ शेख ६१, देव खनाल ५४ र रोहित पौडेल ६२ रनमा बनाएका थिए । अमेरिकाका लागि स्टिभ टेलर १ सय १४ र मोनांक पटेलले ८५ रन बनाएका थिए । अन्तिम ओभरमा जितको लागि ६ रन चाहिँदा आदिल खानले पाँच रन खर्चेर एक रन आउटसहित दुई विकेट लिएपछि खेल टाई भएको थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस