२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकन दूतावासले सन्दीप लामिछानेलाई आज चार बजे बोलायो, भिसा पाए आजै अमेरिका उड्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको नेपालस्थित अमेरिकन दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ। अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो । नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो । उनको अन्तर्वार्ताको समय अपराह्न चार बजेका लागि तोकिएको छ ।

विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले अमेरिकन दूतावासलाई नोट लेखेको थियो । भिसा लागे उनी बिहीबार राति नै अमेरिका उड्नेछन् । विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आगामी सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई पनि विश्वकप क्रिकेटको टोलीमा राखेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस