२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९३० रुपैयाँ कायम भएको छ ।
आश्चार्य चकित बनाउने भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस