२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दशरथ रंगशाला खेल्न योग्न नहुँदा नेपालले बहराइनसँगै युएईको खेल पनि घरेलु मैदानबाट गुमायो

काठमाडौं । नेपालको फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल पनि दशरथ रंगशालामा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक स्टेटमेन्ट जारी गर्दै युएईसँग जुन ६ मा दशरथ रंगशालामा हुने भनिएको खेल नहुने जनाएको हो ।

एसियाली फुटबल महासंघले हालै गरेको निरीक्षणले दशरथ रंगशालामा पिचको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालाई हेरेर युएईसँगको खेल गराउन अस्वीकार गरेको हो । उक्त खेल साउदी अरेबियामा हुने एन्फाले जनाएको छ । ‘साउदी अरेबिया फुटबल फेडेरेसन (साफ) को सहयोग र समर्थनमा हामीले खेल साउदी अरेबियामा खेल्ने व्यवस्था गरेका छौं।

खेल अब स्थानीय समय अनुसार साँझ ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ’, स्टेटमेन्टमा भनिएको छ । यसअघि रंगशालाकै कारण बहराइनसँगको खेल पनि नेपालले घरेलु मैदानमा खेल्न पाएको थिएन ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस