२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घरजग्गामा सरकारको घोषणा : रेमिटेन्सबाट घर बनाउने परिवारलाई एकै स्थानमा घर वा अपार्टमेन्ट

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको गोदावरी, तारकेश्वर, ललितपुर, नागार्जुन, चाँगुनारायण, भक्तपुरलगायतका नगरपालिकाहरुमा जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा नयाँ नगर निर्माणको काम अघि बढाउने भएको हो। मंगलबार बजेट भाषणमार्फत अर्थमन्त्री वर्षमान पुनले नयाँ नगरको काम अघि बढाउन बजेट विनियोजन गरेका हुन्।

सुर्खेतको भेरीगंगा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउन गुरुयोजना निर्माण हुने भएको छ। नख्खु र धोबीखोला करिडोर निर्माणको कामलाई निरन्तरता दिने पुनले बताए।

यस्तै, सरकारले डोटीको सिलगढीलाई सांस्कृतिक सहरको रुपमा विकास गरिने भएको छ। काठमाडौं उपत्यका र अन्य सम्भाव्य स्थानमा सरकारी र निजी क्षेत्रको सहभागितामा जग्गा विकास गरेर विपद् प्रतिरोधी तथा सस्तो ५० हजार आवास इकाइ निर्माण गर्ने घोषणा अर्थमन्त्री पुनले गरेका छन्।

पहिलो चरणमा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट प्रस्ताव गरिएका नयाँ सहरमा त्यस्ता इकाइ निर्माण हुनेछन् भने दोस्रो चरणमा सम्भाव्यताका आधारमा काठमाडौं उपत्यका बाहिरका स्थानमा काम अघि बढ्ने पुनले बताए।

वैदेशिक रोजगारीबाट आर्जित रकमबाट घर बनाउन चाहने परिवारलाई व्यवस्थित वस्ती विकास कार्यक्रममा सहभागी गराउने योजना सरकारले ल्याएको छ। स्थानीय तहसँगको समन्वयमा रेमिटेन्सको रकम घर निर्माण गर्न चाहने कम्तीमा १० परिवारलाई एकै स्थानमा एकल वा अपार्टमेन्ट बनाउन प्रोत्साहन सरकारले गरेको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस