२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलेसियाबाट आएको बाटिक एयरको जहाज काठमाडौंमा ‘ओभरसूट’

batik air

काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट यात्रु बोकेर आएको बाटिक एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसूट’ गरिएको छ । क्वालालाम्पुरबाट १ः५४ मा उडेको उक्त जहाज काठमाडौं विमानस्थलमा ४ः०५ मिनेटमा ल्याण्ड हुने उडान तालिका थियो । त्रिभुवन विमानस्थलका प्रवक्त सुभाष झाले विमानस्थलमा धेरै हावाको चाप रहेकाले उक्त जहाज घुमिरहेको बताए ।

उनले भने, ‘हावा चलेको कारण जहाज ल्याण्ड हुन नसकेको हो । यो सामान्य प्रक्रिया नै हो । पाइलटले पुनः जहाज ल्याण्ड गर्न सहज भएका बेला एप्रोज गर्छन् र ल्याण्ड हुन्छ । सेफ्टीका लागि पनि जहाज ओभरसूट हुने गरेको छ ।’

कति यात्रु छन् भन्ने जानकारी नभएको उनले बताए । यसको असर दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजलाई पनि परेको छ । उक्त जहाजले पनि आकाशमा राउण्ड लगाइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस