२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टी–२० विश्व कप : क्यानडासँग नेपालको लज्जास्पद हार

काठमाडौं। आइसीसी टी–२० विश्व कप अघिका वार्म अप खेल आजदेखि सुरु भएका छन् । आज नेपालले वार्म अप खेलमा क्यानडासँग लज्जास्पद हार व्यहोरेको छ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा क्यानडाले नेपाललाई ६३ रनले हरायो ।

खेलमा क्यानडाले नेपाललाई जितका लागि १८४ रनको लक्ष्य दियो । क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालका कुनैपनि ब्याट्सम्यानले राम्रो गर्न सकेनन् । नेपालले १९.२ ओभरमा नै अलआउट हुँदै मात्र १२० रन जोड्न सक्यो ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो। आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ। नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस