२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालविरुद्ध क्यानडाको विस्फोटक ब्याटिङ, जितका लागि १८४ रनको चुनौती

काठमाडौं। आइसीसी टी–२० विश्व कप अघिका वार्म अप खेल आजदेखि सुरु भएका छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गरिरहेको छ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले नेपालमाथी विस्फोटक ब्याटिङ गरेको छ । क्यानडाले नेपाललाई जितका लागि १८४ रनको लक्ष्य दिएको छ । क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो। आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ। नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस