२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मध्यावधि निर्वाचन हुनसक्ने राप्रपाको अनुमान

Rajendra Prasad Lingden

काठमाडौं । राप्रपाले राजनीतिक अस्थितरताको बीचमा मध्यावधि निर्वाचन हुनसक्ने आंकलन गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले हुनसक्ने मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर पार्टीको संगठन सुदृढ गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘कमजोर संगठन संरचना र आगामी दिनमा हुनसक्ने मध्यावधि निर्वाचन स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको संगठन र संरचनालाई सुदृढ गर्ने, २०८२ वैशाख मसान्त सम्ममा ७७ वटै जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको छ ।’

राप्रपाले नवीन राप्रपा अन्र्तगत सञ्चालन गर्दै आएको भूगोल केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने, जिम्मेवारीमा रहेको क्रियाशिल सदस्यहरुलाई थप क्रियाशील हुन र निष्क्रियहरुलाई पनि क्रियाशील हुन र नखट्नेलाई जिम्मेवारी मुक्त गने निर्णय भएको बताए । सहकारी प्रकरणमा विपक्षी दले संसदीय छानबिन समितिको माग गर्दा सरकारले बहुमतले सदन चलाएकोप्रति आपत्ति जनाए ।’

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस