२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ग्वार्कोमा गाडीको ठक्करबाट युवकको मृत्यु, सीसीटीभी फुटेज खोतल्दै प्रहरी

काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गएराति १० बजेआसपासको समयमा ग्वार्कोमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिराहाका ३२ वर्षीय जयनाथ यादवको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीएन्डबी अस्पतालमा राति ११ बजे मृत्यु भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । यादवको शव बीएन्डबी अस्पतालमै छ ।

मोटरसाइकललाई ठक्कर दिने गाडी भने पत्ता लागेको छैन । प्रहरीले घटनास्थल आसपासका सीसीटीभी क्यामेरा फुटेज हेरेर मोटरसाइकललाई ठक्कर दिने गाडीको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस