२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथिको थुनछेक बहस सकियो

काठमाडौं । धनुषा जिल्ला अदालतमा उपस्थित गराइएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको थुनछेक बहस सकिएको छ । पक्ष र विपक्ष दुवै तर्फबाट बहस सकिएको हो । सहकारी ठगीको समाचार दबाउन कार्यकक्षबाट गिरफ्तार गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको हो ।

प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । उहाँलाई स्थलमार्गबाट आज बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पुर्‍याइएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेको विषयमा कान्तिपुर मिडिया ग्रुपअन्तर्गतका सन्चारमाध्यमले निरन्तर समाचार प्रकाशन प्रसारण गरिरहेको छ ।

आफूविरुद्ध समाचार आएपछि रुष्ट गृहमन्त्री लामिछानेकै निर्देशनमा प्रहरीले नागरिकतासम्बन्धी अनुसन्धानका लागि भन्दै गिरफ्तार गरेको हो । प्रहरीले नागरिकतासम्बन्धी उजुरी परेको भन्दै गिरफ्तार गरे पनि अध्यक्ष सिरोहियाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस