२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी ठगीविरुद्ध कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम तय

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम प्रस्ताव गरेको छ ।

सो अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ । यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ ।

त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस