२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईपीएल क्वालिफायर–१ मा आज हैदरावाद र कोलकाताबीच फाइनल पुग्ने भिडन्त, यस्तो छ प्लेइङ–११

First qualifier of IPL today

काठमाडौं । उत्कृष्ट लयमा रहेको कोलकाता नाइट राइडर्सले मंगलबार आईपीएलको पहिलो क्वालिफायरमा यो सिजन धेरै रन बनाउने टोली सनराइजर्स हैदरावादको सामना गर्नेछ । यस सिजनमा दुवै टोलीले आक्रामक खेल देखाएका छन् । यो खेल जित्ने टोलीले सिधै मे २६ मा चेन्नईमा हुने फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोलीले एलिमिनेटरको विजेता टोलीसँगै दोस्रो क्वालिफायरका रूपमा फाइनल प्रवेश गर्ने थप एक मौका पाउनेछन्।

केकेआर यस वर्षको आईपीएल प्लेअफमा पुग्ने पहिलो टोली थियो, जबकि अन्तिम लिग खेलमा पञ्जाब किंग्सलाई चार विकेटले हराएर सनराइजर्स दोस्रो स्थानमा थियो। लिग चरणका ७० खेलमा शीर्ष दुई स्थानमा रहेका यी टोलीले पछिल्लो १० दिनदेखिको वर्षाका कारण राम्रो ब्रेक पाएका छन् । तर, प्लेअफअघि मैदानमा धेरै समय बिताउन नसक्ने चुनौती पनि छ ।

सयौं किलोमिटरको यात्रा गरेर यहाँसम्म आइपुगेका केकेआर र सनराइजर्सका खेलाडीले परिस्थिति अनुकूल बनाउन धेरै समय पाउने छैनन्। दुवैले आइतबार मात्रै आफ्नो अन्तिम लिग खेल खेलेका थिए भने सनराईजर्सले पञ्जाबलाई हराए पनि वर्षाका कारण केकेआर र राजस्थान रोयल्सबीचको खेल हुन सकेन ।केकेआरले आफ्नो अन्तिम पूर्ण खेल ११ मे मा खेलेको थियो। वर्षाले अवरोध गर्नुअघि केकेआरले लगातार चार खेल जितेको थियो भने पछिल्ला दुई खेल वर्षाका कारण रद्द भएको थियो ।

दुबै टोलीको सम्भावित प्लेइङ–११ यस्तो छ
कोलकाता नाइट राइडर्स: रहमानुल्लाह गुरबाज (विकेटकीपर), सुनील नरेन, अंगकृष रघुवंशी/नीतीश राणा, श्रेयस अय्यर (कप्तान), वेंकटेश अय्यर, रिंकू सिंह, आंद्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, हर्षित राणा, वरुण चक्रवर्ती [इम्पैक्ट सब: वैभव अरोड़ा]

सनराइजर्स हैदराबाद: ट्रेविस हेड, अभिषेक शर्मा, नीतीश रेड्डी, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकीपर), अब्दुल समद, शाहबाज अहमद, पैट कमिंस (कप्तान), सनवीर सिंह, भुवनेश्वर कुमार, विजयकांत व्यासकांत [इम्पैक्ट सब: टी नटराजन]

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस