२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कान्तिपथबाट कार खस्यो, ३ जनाको अचेत अवस्थामा उद्धार

Road Accident

५ जेठ, हेटौंडा । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्डमा दुर्घटना भएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिकै चौताराबाट आज बिहान ७ः३० बजे ग३च ९४७५ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कार सडकबाट अन्धाजी ५०० मिटर तल खसेको छ । कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको डीएसपी भण्डारीले बताए । उनीहरू तीनै जनाको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस