२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस नेता बोलाएर प्रधानमन्त्री दाँत दुख्यो भन्दै अस्पताल हिँडिदिए

काठमाडौं, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच हुने भनेको छलफल स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डको दाँतको समस्या चेकजाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । अब छलफल कहिले हुने भन्ने जानकारी नभएको उनले बताए ।

यसअघि पनि प्रधानमन्त्री प्रचण्ड दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए । त्यसैको फलो भएको आचार्यले बताए । यता कांग्रेसले भने प्रधानमन्त्रीले प्रतिपक्षको कुरा सुन्न नचाहेको आरोप लगायो । हामीलाई बोलाएर दाँत दुख्यो भन्दै हिँड्नुभएछ । समय तलमाथीपनि बनाउँन सकिन्थ्यो । उहाँले प्रतिपक्षलाई बेवास्ता गर्नुभयो भन्ने हामीले बुझेका छौं, उनले भने ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस