२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन

Now the committee will not be formed until the assets of Deuba his wife Arju and son are investigated

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु र छोरा जयवीरसिंहको सम्पत्ति छानबिन नभएसम्म सहकारीका विषयमा छानबिन समिति बन्न नसक्ने उद्घोष गरेका छन् ।

बिहीबार कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद् भवनबाट बाहिरिँदै पार्टीका सहायक प्रवक्तासमेत रहेका झाले यस्तो चेतावनी दिएका हुन् ।

‘हामी समिति मान्छौं । तर जुन हलमा हामीलाई सहकारी ठग भन्नुभएको छ । यही जवाफ दिन दिनुस् भनेका छौं । चारवटा मात्रै होइन, सबै सहकारीको छानबिन गरौं भनेका छौं । हाम्रा यत्ति दुई शर्त मान्दा छानबिन समिति बनाउन हामी तयार छौं,’ उनले भने, ‘हाम्रा सबै सांसद सभापति (रवि लामिछाने)माथि छानबिन गर भन्न तयार छन् । के कांग्रेसका सांसदहरू आफ्ना सभापति, उहाँकी पत्नी र छोराको सम्पत्ति छानबिन गर्न फाइल खोल्न तयार हुनुहुन्छ ? कांग्रेसका सभापतिको फाइल खोल्न तयार भएपछि मात्रै अब सहकारीको विषयमा छानबिन समिति बन्न सक्छ । अन्यथा छानबिन समिति बन्दैन ।’

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस