२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रविले कांग्रेसकी राष्ट्रिय भाउजु पक्रिन्छन् भन्ने देखेपछि देवरहरु आत्तिएका हुन् – डा. केसी

Surendra KC

काठमाडौं । चर्चित बौद्धिक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले नेपाली राजनीतिको नयाँ खुलासा गरेका छन् । उनले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा देशविरुद्ध घात गर्न भारतमा लुकेको खुलाए ।

नेपाली जनताको जनप्रतिनिधि बन्ने । नेपाल देशको ढुकुटीबाट हरेक महिना बैकमा तलब भत्ता बुझ्ने अनि अपराध गरेर भारतमा लुक्ने राष्ट्रिय भाउजु हैन ? उनले भने । नेपालमा उनले गरेको लुटको फायल गृहमन्त्री रवि लामिछानेले खोलेको सुईको पाएपछि अब पक्राउ पर्छु भन्ने डरले उनी भारतमा भागेको उनको दाबी छ ।

उनले भने, राष्ट्रिय भाउजु भनेर चिनिने पात्र आज नेपाल देश छोडेर भारतमा लुकेको सबैलाई थाहा छ । उनलाई पक्राउ गर्नसक्ने काण्डपनि यसअघि आएकै हो । अब भाउजु पक्राउ पर्छिन् भनेर थाहा पाएपछि यता देउवरहरुले संसदलाई बन्दी बनाएका छन् । उता रवि नहटाएसम्म नेपाल आउँदिन भनेर भाउजु भारतमा छिन् । यो कुरा रैतिले बोल्न पाउने की नपाउने । हामीले बोल्न पाउँनुपर्छ उनले भने ।

उनले नेपाली ढुकुटीको रकम खाँदै ठूला नेताकी पत्नी भएकाले देशविरोधी कदम चालिरहेको हुनसक्ने शंका समेत गरे । विगतमा केही गरेकै हुन् । अहिले केही नगरी बसिरहेकी होलिन् भनेर भन्न सकिन्न उनले भने ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस