२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी प्रकरणको छानबिन समिति गठन हुनुपर्नेमा पाँच दल एकमत, माधव नेपालकोपनि ऐकेबद्धता

काठमाडौं, जेठ ४ गते । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् । शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए ।

यस्तै बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको थापाले जानकारी दिए । बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो । तर, बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने उपस्थित थिएन ।

बैठकमा एकीकृत समाजवादी सत्ता पक्षमै भएपनि बोलावट भएको थियो । तर, सो पार्टी अनुपस्थित रहेको थियो । यद्यपि नेपालसँग फोनमा कुराकानी भएको भन्दै महामन्त्री गगन थापाले सहकारी ठगीको विषयमा पार्टीले निर्णय नै गरेकाले यो मुद्दामा पार्टीको साथ रहने आश्वासन पाइएको बताए । कांग्रेसले निरन्तर सहकारी ठगीमा मुछिएका रवि लामिछानेको विषयमा संसदीय छानबिनको माग गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस