२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली संसद्‌मा मुडभेडको स्थितिमा दलहरु

काठमाडौं जेठ ४ गते । संसदमा बिहीबार भएको अवरोध र मुठभेडको स्थिति मत्थरभन्दापनि झनै बढ्ने देखिएको छ । सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू आ–आफ्नो अडानमा उभिदै थप रणनीति बनाउन जुटेका छन् । रणनीति बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरु बानेश्वरमा छलफल गरिरहेका छन् भने सत्तापक्षका शीर्ष नेता सिंहदरबारमा छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने सिंहदरबारमा छलफलमा जुटेका हुन् । बानेश्वरमा कांग्रेससँगको छलफलमा राप्रपा, लोसपा, जसपा नेपाललगायका नेताहरू छलफल गरिरहेका छन् ।

दुवैतर्फका छलफलमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, संसद्को हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ । दुवै पक्षका नेताहरू आन्तरिक छलफलमा जुट्दा ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुखको सचिवालयले भने प्रतिपक्षले समय मागेकाले बैठक बस्न ढिला भएको जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस