२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सभामुखले धनराजलाई सभा बाहिर निकाल्नु पर्दथ्यो, सभा अवरोध गरे कारबाही हुने नियम किन नचलाउने ?

काठमाडौं, जेठ ४ गते । बिहीबार नेपाली संसदमा एक अशोभनीय घटना भयो । सत्ता पक्ष र प्रतिपक्षबीच मुटभेड कै अवस्था देखियो । सत्तारुढ पक्षको सबैभन्दा ठूलो दल नेकपा (एमाले) का संसदीय दलका नेता (अध्यक्ष) केपी शर्मा ओलीमाथी प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरेपछि झण्डै रक्तपातको अवस्था आयो । सांसदहरुबीच ठेलाम्ठेल भयो । ‘

घटनापछि कांग्रेसले सभामुख देवराज घिमिरेले बल प्रयोग गरेकाले यस्तो भएको हल्का टिप्पणी गरेको छ । यो कांग्रेसको तर्क बेतुक छ । सभालाई अघि बढाउने अधिकार सभामुखलाई छ । अझ सभामुखले सत्तारुढ ठूलो दलका नेतामाथी त्यो हदको अपमान भइरहँदा हतारिएर बैठक स्थगित गरेर भाग्नु हुँदैन थियो । स्मरण रहोस् हाम्रो देशले गरेको संसदीय अभ्यासमा ‘राष्ट्र प्रमुख (राष्ट्रपति–उपराष्ट्रपति) नभएको अवस्थामा सभामुखले राष्ट्र प्रमुख सरह अधिकार प्रयोग गर्ने’ संवैधानिक व्यवस्था छ ।

बिहीबारको बैठकमा सभामुखले धनराजलाई तत्कालै प्रतिनिधि सभा सदस्यबाट निलम्बनको प्रस्ताव पारित गरेर मार्सल लगाएर सदनबाट बाहिर निकाल्नु पर्दथ्यो । आशा छ आज (शुक्रबार) को बैठकमा सुरुमा नै सभामुखले यही गर्नेछन् । यही सदनले बनाएको प्रतिनिधि सभा नियमावली, २०७५ को नियम (३२) बमोजिम धनराजको सदस्य पद सभामुखले निलम्बन गर्न सक्छन् । ‘

सदनले बनाएको नियम उलंघन गर्दै सभामुख आसनको अवहेलना गर्ने, सभाको कार्यलाई जानाजान बारम्बार बाधा दिने वा अभद्र व्यवहार गर्नेलाई सभामुखले तुरुन्तै निलम्बनको प्रस्ताव निर्णयार्थ पेस गरेर पारित गरेर सभाबाट बाहिर निस्किन आदेश दिन सक्छन् । बाहिर ननिस्कए मार्सल लगाएर बाहिर निकाल्न सक्छन् ।

आम नागरिकका लागि अत्यावश्यक क्षेत्रमा बन्द-हड्ताल गर्न नपाउने कानून बनाएको नेपालको संसदले सदनलाईपनि बाधा पुर्याउन नपाउँने नियम बनाएको छ । तर त्यो नियम लागू भएको छैन । त्यो नियम लागू गर्ने चेतवानी दिएर सभामुख अघि बढ्नुपर्छ । कुनै एक व्यक्तिको विषयलाई लिएर सदन बारम्बार अवरोध गर्ने अधिकार कसैलाई छैन ।’

संसदीय दलको बैठक बस्दैछ । यदी नेपाली कांग्रेस सुध्रिएको छ भने, नेपाली संसदको इतिहासमा धनराज गुरुङले गल्ती गरे भन्न सक्नुपर्छ । संसदका आफ्नै मूल्य, मान्यता र आचार संहिता छन् । प्रतिपक्षी दलको त्यो तहको नेता सत्तापक्षको बेन्चमा आएर नाच्नु स्वभनीय हैन । बेल घराउ गर्नु परम्परा हो । तर प्रतिपक्ष सत्तापक्षकोमा र सत्तापक्ष प्रतिपक्षको आसनमा गएर झाँक्रि नाचे झै नाच्नु लोकतन्त्र र संसदीय मान्यताको हुर्मत लिनु हो । यही नहोस् भनेर नै समीकरण बदलिनासाथ दुनियाँमा नै आसन बदलिन्छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस