ऐसेलुखर्क, २०८१ जेठ ३ गते । खोटाङ जिल्लाको ८औं अधिबेशनको सन्देश सभा, मदन–आश्रित स्मृति दिवस एवं गाउँपालिका कमिटी अधिवेशनका लागि एमाले खोटाङको नेतृत्व अहिले यहाँ आएको छ ।
अधिवेशनको निर्णय र भव्य तयारीका लागि आजै ऐसेलुखर्क गाउँपालिका कमिटीका अध्यक्ष तेकेन्द्र राजभण्डारीको अध्यक्षतामा बैठक बसेको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य प्रभात बिक्रम कटवालको प्रमुख आतिथ्यता र जिल्ला कमिटी खोटाङका उपाध्यक्ष कुमार आचार्यको विशेष आतिथ्यतामा बैठक बसेको थियो ।
बैठकले पालिका अधिवेशन यही जेठ १३ गर्ने, ७ वटै वडाकोअधिवेशन जेठ २६ सम्म सम्पन्न गर्ने निर्णय भएको छ ।
यसैगरी खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ कार्य गरेर नेकपा (एमाले) का नेता कार्यकर्ताहरुले मदन–आश्रित स्मृति दिवस मनाएका छन् । ३१औं मदन–आश्रित स्मृति दिवसको अवसरमा एमालेले आज देशव्यापी कार्यक्रम गरेको थियो ।
खोटाङको ऐसेलुखर्क गाउँपालिकाको कार्यक्रममा प्रदेश कमिटी सदस्य कटवाल प्रमुख आतिथि थिए । विशेष अतिथि एमाले जिल्ला कमिटी उपाध्यक्ष कुमार आचार्य थिए । रचनात्मक कार्य गरेर दिवस मनाउँने निर्णय नेतृत्वले लिएको थियो ।
त्यसैले आज ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा बृहत सरसफाइ कार्य सम्पन्न भयो। सरसफाइ कार्य सम्पन्नपछि प्रमुख अतिथि कटवालले मदन भण्डारी र जिवराज आश्रितको नेपाली राजनीतिक क्षेत्रमा प्राप्त योगदान पार्टी र आम जनताले सदैव सम्झने बताए ।
कुशल संगठक आश्रित र जनताको बहुदलीय जनवाद (जवज) का ब्याख्याकार मदन भण्डारीले देखाएको मुल बाटोमा नै अहिले मुलुक हिँडेको कटवालले धारणा राखे । उनले जवजले विश्व कम्युनिस्टहरुलाई दिशानिर्देश गर्ने भएकाले आधुनिक युगका कार्ल माक्स भनेर भण्डारीलाई विश्व जगतले चिन्ने दाबी गरे ।