२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनसरीमा गोली चल्यो

काठमाडौं, जेठ ३ गते । सुनसरीको रामधुनी नगरपालिका–६ इचौलमा गोली चलेको छ । काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएका छन् । उनको दायाँ खुट्टामा १ राउण्ड गोली लागेको लागुऔषध नियन्त्रण ब्यूरोका एकजना अधिकृतले बताए । मण्डलसँगै रहेका श्यामसुन्दर निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूको साथबाट प्रहरीले २१० ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस