२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षा मन्त्रालयले माग्यो दलमा लागेका शिक्षकमाथि भएको कारबाहीको विवरण

काठमाडौं, जेठ ३ गते । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ ।

केन्द्रले बुधबार सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार राजनीतिक दलको कार्यसमितिका रहेका र महाधिवेशन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्दै १५ दिनभित्र विवरण पेश गर्न भनेको हो ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ वैशाखमा दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायमा पत्राचार गरेको थियो । त्यसपछि २८ वैशाखमा उक्त निर्णय कार्यान्वयनको प्रगतिबारे विवरण माग गरेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रालयको ती दुई पत्र उधृत गर्दै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट १५ दिनभित्र विवरण माग गरेको हो ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस