२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तथ्यसहित झलनाथको दाबी : मदन-आश्रितलाई मारेर नदीमा खसाइएको हो

काठमाडौं, जेठ ३ गते । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औँ मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रूपमा फालिएको दाबी गरे ।

उनले मदन–आश्रितको मृत्यु दुर्घटनाबाट नभई निर्ममतापूर्वक हत्या गरेर त्यहाँ लगेर फ्यालिएको दाबी गरे । उनले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या हत्या नै हुने बताए । उनले भने, हत्या भएको म केही तथ्य भन्छु । काठमाडौंबाट चितवन जाँदा दासढुंगा भन्ने ठाउँमा गाडी भित्तातर्फ हुन्छ ।

भित्तामा गुडिरहेको गाडी अन्य कुनै सवारी वा भित्तामा नठोक्इि अर्को साइडको छेउबाट तल गाडी खस्दैन । अर्कोतर्फ लास भेट्ने क्रममा जीवराज आश्रितको शव गाडीभित्र नै थियो । त्यो बेला गाडीका ढोकाहरु लक अवस्थामा नै थिए । तर कमरेड मदन भण्डारीको शव भने धेरै तल सग्लो अवस्थामा थियो । यो कसरी हुन्छ ? यो असम्भव हैन ? उनले भने ।

नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गरेको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा उठाउनका निम्ति लगातार प्रयत्न गर्ने नेताहरू रहेको भन्दै स्मरण गरे ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस