२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीको सन्न्यास घोषणा

Indian football team captain Sunil Chhetri announced his retirement

काठमाडौं, जेठ ३ गते। भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । विश्वकप छनोट फुटबलअन्तर्गत निकट भविष्यमा खेलिने कुवेताविरुद्धको खेलसँगै आफूले सक्रिय खेल जीवनबाट सन्न्यास लिने उनले बताएका छन् । भारत र केवेतबिचको विश्वकप छनोट खेल जुन ६ तारिखमा खेलिने छ । सोही खेल नै सुनिल क्षेत्रीको अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । सुनिल क्षेत्री भारतीय टोलीको थुप्रै सफलताका नायक हुन् । ३९ वर्षीय सुनिल क्षेत्रीले भारतका लागि कुल एक सय ४५ खेल खेलिसकेका छन् ।

आफ्नो २० वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनले भारतका लागि कुल ९३ गोल गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सक्रिय खेलजीवनबाट सन्न्यास लिने बताएका हुन् । सुनिल क्षेत्रीले सामाजिक सञ्जालमा करिब नौ मिनेट लामो भिडियो पोष्ट गरेका छन् र त्यसको शीर्षक राखेका छन्, ‘म तपाइँलाई केही भन्न चाहन्छु ।’ उक्त भिडियोमा सुनिल क्षेत्री निकै भावुक देखिएका छन् । उनले आफ्नो ‘डेब्यू’ खेलको पनि स्मरण गरेका छन् ।

यसका अतिरिक्त सुनिल क्षेत्रीले आफ्ना पहिलो प्रशिक्षकको स्मरण पनि गरेका छन् । ‘आफ्नो अन्तर्राष्ट्रिय डेब्यू खेललाई म भुल्न सक्दिन । पहिलो अन्तर्राष्ट्रिय खेलमै गोल गरेको क्षण अहिले पनि मलाई राम्ररी याद छ,’ उनले भनेका छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस