काठमाडौं, जेठ ३ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री गर्ने निर्णय (एमाले) अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको दाबी गरेका छन्। प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै आफूले गरेको निर्णय नस्वीकारेकोप्रति असन्तुष्टि जनाए।
उनले भने, नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटकोबारेमा, कांग्रेसको पालमा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति ? अदालतले उहाँलाई भनेको उहाँले कांग्रेसको पालामा भन्नुहुन्छ। उहाँले यस्तो बोल्न हुँदैनथ्यो।
ओलीले हिजो संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गिरीबन्धु टी–स्टेटको जग्गा कांग्रेसले ७० बिघा बेचेको आरोप लगाएका थिए। आफ्नो सरकारका पालामा कानून बनाएर बरु नियमन गरेको ओलीको दाबी छ ।