२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिसन ८४ नेपालको राजनीतिका लागि ‘टर्निङ प्वाइन्ट’ हुन्छ : अध्यक्ष ओली

काठमाडौं, जेठ ३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ नेपालको राजनीतिका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताएका छन् । बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०८४ पछि नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुने समेत बताए ।

‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ,’ ओलीले भने, ‘त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ ।’

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस