२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपको पहिलो प्रतिक्रिया: न्यायमूर्तिप्रति आभारी छु, निर्दोषितामा विश्वास गर्ने करोडौंलाई आभार

काठमाडौं, जेठ २ गते । उच्च अदालत पाटनले सफाइ दिने फैसलासँगै क्रिकेटर सन्दीप लामिछानेले राहतको लामो सास फेरेका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाइदिएको छ ।

फैसलापछि पहिलो प्रतिक्रिया दिँदै सन्दीपले अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरे । ढिलै भए पनि आफूले न्याय पाएको उनको भनाइ छ । ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, उनले भने ।

उनले आफ्नो निर्दोषितामा विश्वास गरेर साथ दिने लाखौं शुभचिन्तकहरुलाई पनि धन्यवाद दिए । सन्दीपले भने, ‘कठिन अवस्थामा पनि मलाई तपाईंहरुको साथ र हौसलाले बलियो बनाइराख्यो । यसका लागि म सदा ऋणी रहनेछु । समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ ।’

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस