२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उच्च अदालतमा हिजो कै न्यायाधीशको बेन्चमा सन्दीप लामिछानेको मुद्दा, पत्रकारलाई प्रवेश निषेध

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहँदा पाटन उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ । सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन ।

हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट सोही न्यायाधीशको बेन्चमा जारी छ । आजै मुद्दाको फैसला सुनाउने तयारी छ ।

फैसलापछिको सुरक्षा संवेदनशीलता उत्पन्न हुने भन्दै कडाइ गरिएको हो । उच्च अदालतका रजिस्टार तथा प्रवक्ता विमल पराजुलीले मिडियालाई पनि छिर्न नदिने बताएका छन् । हिजोको सुनवाइमा मिडियाकर्मीलाई अदालतभित्र प्रवेश दिइएको थियो । तर, आज गेटमै रोकिएको छ ।

मुद्दाको काममा आएकाहरूलाई प्रमाण हेरेर भित्र जान दिइएको छ भने अरूलाई अनुमति छैन । उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । मानिसहरुको विस्तारै भीड बढिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस