२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको मुद्दामा आज किन आएन फैसला ?

Cricketer Sandeep Lamichhane-

१ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेका हुन् । क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । जिल्ला अदालत काठमाडौंले आफ्नो मागदाबी भन्दा कम सजाय तोकेको भन्दै सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको थियो ।

बलात्कार सरकारवादी मुद्दा हो । यो मुद्दा पीडितको पक्षमा सरकारी वकिलले लड्छन् । तर गौशाला – २६ ले जिल्ला अदालतदेखि नै निजी वकिल राखेकी छिन् । उनको पक्षमा सरकारी वकिलसहित निजी वकिललेपनि बहस गरिरहेका छन् । अदालतको आँकलन अनुसार आज नै बहस सकिने अवस्था थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले समयमै इजलास खोलेर सुनुवाइ थालेका थिए । न्यायाधीशले खासै वकिललाई अल्मल्याउने कामपनि गरेनन् । प्रतिप्रश्नपनि गरेनन् ।

बिहान करिब ११ बजेबाट बहस सुरु भयो । सुरुमा जाहेरीकर्ता गौशाला २६ को तर्फबाट दुई सरकारी वकिल रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरे । त्यसपछि सन्दीपका वकिलहरुको बहस सुरु भयो । सन्दीपको पक्षबाट बहस गर्नेमा कहलिएका वकिलहरुको सूची थियो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, रामनारायण बिडारी, मुरारी सापकोटा, कृष्ण सापकोटाले सन्दीपको तर्फबाट बहस गरे ।

त्यसपछि फेरि गौशाला २६ का निजी वकिलहरुले बहसका लागि समय मागे । सुरुमा केही थोरै देखाइएका गौशाला २६ का वकिलहरु पछि एकाएक थपिए । आधा दर्जनभन्दा बढी निजी वकिलहरु बहसका लागि तयार भए । आर्थिक कमजोरीको फाइदा उठाएर कमजोरलाई प्रलोभनमा पारेर भएको शारीरिक सम्बन्ध बलात्कार हो भनेर जिल्लाले गरेको ठहर उनका वकिलहरु देख्दा आफै फेल खायो ।

बरिष्ठ वकिलहरुले तोकिएको समयमा बहस सकाए । तर उही समयमा उनीहरुमध्ये तीन जनाले मात्र बहस सकाए । सन्दीपको तर्फबाट मुख्य वकिल सरोज घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारी र वरिष्ठ अधिवक्ता अमिता सैंजुले बहस गर्न बाँकी नै थिए । त्यसमाथि गौशाला २६ का तर्फबाट शशी अधिकारी र मोहना अन्सारी लगायत अरु ४ जनाले बहस गर्न बाँकी रह्यो । आज ७ बजेसम्म बहस सक्ने र ८ देखि साढे ८ सम्म फैसला गर्ने गरी अदालतले योजना बनाएको थियो ।

त्यही योजनाअनुसार बेलुका ५ बजेपछि पनि बहसलाई निरन्तरता दिइयो । फैसला आज गर्ने तयारी नगरिएको भए ५ बजे नै हेर्दाहेर्दैमा राखिन्थ्यो र इजलास बन्द हुन्थ्यो । तर त्यसो गरिएन । गौशाला –२६ का वकिलहरुले समय लम्ब्याउँदा न्यायाधीशको समयको आँकलनपनि मिलेन । अन्तिममा साँझ परेपछि न्यायाधीशद्वयले एकाएक आजलाई इजलास छोड्ने निर्णय लिए । मुद्दा हेर्दाहेर्दैमा राखेर भोलिका लागि आफ्नै इजलासमा लिए । तर सबै बाहिरिएपछि बेन्चमा अकल्पनीय घटना भयो । जसको विस्तृत तलको समाचारमा छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस