२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अदालती समय सकिँदापनि गौशाला २६ का ४ निजी वकिल बहस गर्दै, न्यायाधीशद्वय चुपचाप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अदालती समय सकिँदा समेत बहस जारी छ । जाहेरीकर्ता गौशाला २६ को तर्फबाट अहिले बहस जारी छ । सुनुवाइको प्रारम्भमा दुई सरकारी वकिलले बहस गरेका थिए भने अहिले ४ निजी वकिलले बहस गरिरहेका छन् ।

गौशाला २६ को पक्षबाट सह न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उपन्यायाधिवक्ता प्रकाश घिमिरेले सुरुवाति बहस गरेका थिए । उनीहरूपछि सन्दीपका वकिलहरूले बहस गरे । सन्दीपको तर्फबाट रमण श्रेष्ठ, शम्भु थापा, रामनारायण बिडारी, मुरारी सापकोटा र कृष्ण सापकोटाले बहस सकेका छन् । त्यसपछि फेरि गौशाला २६ का निजी वकिलको पालो आएको हो ।

गौशाला २६ का तर्फबाट चार निजी वकिलले बहस सकाउन लागेका छन् । गौशाला २६ का नीजि वकिल शशी अधिकारी, आश्मा आचार्य, लेखनाथ भट्टराई र नारायण चौंलागाईले बहस सकाउन लागेका हुन् ।

यसपछि सन्दीपको पक्षबाट सरोज घिमिरे र सविता भण्डारीले बहस गर्नेछन् । सबै बहस सकिएपछि सम्भव भएसम्म आजै फैसला सुनाउने तयारी छ । आज बहस थप लम्बिएमा मुद्दा हेर्दाहेर्दैमा जानेछ र भोलि फैसला हुनेछ । आजको इजलासका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालले कुनैपनि वकिललाई प्रतिप्रश्न गरेका छैनन् । उनीहरु चुपचाप वकिलहरुको बहस सुनिरहेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस