२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उच्च पद प्राप्त गर्दैमा कानूनी उन्मुक्ति पाइन्छ भन्ने भ्रम सरकारले चिर्‍यो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । उनले सरकारको हालसम्मको कार्यकाल उत्साहजनक रहेको सुनाए । सरकारले लिएका भ्रष्टाचार नियन्त्रण, सुशासन र मितव्ययिताको कार्यान्वयनबाट नागरिकमा आशा र भरोसा बढेको राष्ट्रपतिले दाबी गरे ।

उनले नीति कार्यक्रम पढ्दै भने, ‘सरकारको नीतिले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव परेको छ । सबै किसिमका भ्रष्टाचार छानबिनको दायरामा आएका छन् । उच्च पद प्राप्त गर्दैमा कानूनी जवाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भयो । नागरिकमा आशा र भरोसा बढ्यो ।’

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस