२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली कांग्रेसका पूर्वसांसद रेग्मीको निधन

१ जेठ, काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो । रेग्मी क्यान्सर राेगबाट लामो समयदेखि पीडित थिए । काठमाडौंमा उपचारमा सुधार हुन नसकेपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।

राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका रेग्मीको परिावरमा श्रीमतीमात्रै छन् । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने बताइएको छ । लामो समय शिक्षण पेसामा रहेका उनलाई २०५८ माघ २७ गते माओवादीले गोली हानी घाइते बनाएका थिए । उनको ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ आत्मकथा प्रकाशित छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस