२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लामो प्रतिक्षापछि सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरू, अदालतमा हुँदैछ यस्तो

काठमाडौं । लामो प्रतिक्षापछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सुरू भएको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले आज सुनवाइ थालेका हुन् ।

सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो । केही बेरअघि बहस थालिएको उच्च अदालत स्रोतले बतायो । मुद्दामा न्यायाधीशले कुनै आदेश दिएनन् भने आज–भोलिमै फैसला आउन सक्छ ।

आज सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन् । सन्दीपले नियमित वकिलहरुमापनि आज बरिष्ठ एवं अपराध कानूनको विज्ञ रामनारायण बिडारीपनि थपिएका छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस