२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजदेखि नयाँ ब्रोकर कमिसन लागू, अब कति तिर्नुपर्ने ? [ सूचनासहित ]

काठमाडौँ, जेठ १ गते । आज अर्थात् जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घट्ने भएको छ । आजदेखि सेयर कारोबार गर्दा तिर्नुपर्ने पर्ने ब्रोकर कमिसन दर घट्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर गरेको छ । गत बैशाख २३ गते आइतबार बसेको बोर्ड संचालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो ।

योसँगै अब न्यूनतम २.२४ प्रतिशतदेखि अधिकतम ०.३६ प्रतिशतसम्म तिर्नुपर्नेछ । तर, यसअघि भने न्युन्तम ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्म तिर्दै आएका छन् ।

हाल ५० हजार रुपैयाँसम्मको सेयर खरिदबिक्री गर्दा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ ।

तर, आजदेखि भने ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत कमिसन तिर्नुपर्नेछ । यस्तै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४३ प्रतिशत कमिसन तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस