२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विदेशी मुद्रा सञ्चितिमा फेरि कीर्तिमान: ढुकुटीमा थुप्रियो १९ खर्ब ११ अर्ब

काठमाडौं । हरेक महिना विदेशी मुद्रा (विनिमय) सञ्चिति बढ्ने क्रमले गत चैतमा पनि निरन्तरता पाएको छ । सोही क्रममा गत चैतमा विदेशी मुद्रा सञ्चिति २४.२ प्रतिशतले बढेर १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ । रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको र आयात घटिरहेका कारण विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ रेकर्ड बनाउन सफल भएको हो । ०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

निरन्तर बढेको विदेशी विनिमय मुद्रा सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात गर्न सकिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनाए । बाह्य क्षेत्र सबल रहेको र चाहिएको समयमा जुनसुकै बेला विदेशी मुद्रा खर्च गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । ‘भोलिका दिनमा आर्थिक वृद्धिदरका लागि सरकारले कार्यक्रम ल्याउँदा, निजी क्षेत्रले काम गर्छु भनिराख्दा, निजी क्षेत्रसँग पर्याप्त तरलता छ जुनसुकै बेला प्रयोग गर्न सक्छौं,’ गभर्नर अधिकारीले भने ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा गत चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस