२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोलकाता अब हारेपनि शीर्ष दोस्रो स्थान निश्चित, क्वालिफायर–१ मा उत्कृष्ट छ रेकर्ड

काठमाडौं । अहमदाबादमा भारी वर्षाका कारण आईपीएल २०२४ को ६३औँ खेल रद्द भएको छ । वर्षाले गुजरात टाइटन्सको आशालाई ध्वस्त पारेको छ र टोली प्लेअफको दौडबाट बाहिरिएको छ। गुजरात आईपीएलमा प्लेअफको दौडबाट बाहिरिने तेस्रो टोली हो।

यसअघि मुम्बई इन्डियन्स र पञ्जाब किंग्स पनि बाहिरिसकेका छन् । खेल रद्द भएपछि कोलकाता र गुजरातले एक–एक अंक पाएका छन् । प्लेअफको समीकरणमा रहन गुजरातलाई दुई अंक आवश्यक थियो तर अहिले खेल रद्द भएपछि टोली समीकरणबाट बाहिरिएको छ ।

गुजरात आईपीएलबाट बाहिर
गुजरातको हाल १३ खेलबाट ११ अंक छ र टोलीको अर्को खेल सनराइजर्स हैदरावादसँग छ। गुजरातको टोलीले त्यो खेल जित्यो भने पनि अधिकतम १३ अंकमा पुग्न सक्षम हुनेछ। हालको अंक तालिकामा चार टोलीसँग १४ वा सोभन्दा बढी अंक छन् । यस्तो अवस्थामा जीटी टोली बाहिर छ।

कोलकाता यसअघि नै प्लेअफमा पुगिसकेको छ
कोलकाता यसअघि नै प्लेअफमा पुगिसकेको छ । एक अंकसँगै उसको १३ खेलमा १९ अंक छ । अब प्लेअफ पुग्ने प्रतिस्पर्धा छ टोलीबीच छ । अझै तीन स्थान खाली छन् । प्रतियोगितामा राजस्थान रोयल्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् । खेल रद्द भएपछि गुजरातका खेलाडीहरूले ल्याप अफ अननर प्रदर्शन गरेका थिए। उनीहरुले मैदानको वरिपरि गए र फ्यानहरूप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिए।

कोलकाता शीर्ष दुईमा रहने पक्का छ
यो खेलसँगै कोलकाताले एक अंक जोडेर १९ अंकका साथ क्वालिफायर १ मा स्थान सुरक्षित गरेको छ । टोली शीर्ष दुईमा रहने पक्का छ। मे १९ मा यो टोलीले राजस्थान रोयल्सको सामना गर्नेछन् । राजस्थानको टोली दोस्रो स्थानमा छ । यस्तो अवस्थामा शीर्ष स्थानका लागि यी दुई टोलीबीच भिडन्त हुनेछ । अंक कम आएपनि कोलकताले शीर्ष दोस्रो स्थान भने सुरक्षित गरिसकेको छ ।

राजस्थानको भने शीर्ष दुई स्थान अझै पक्का भएको छैन। उसले मे १५ मा पञ्जाबसँग खेल्ने छ । कोलकाता टोलीले भने यसअघि २०१२ र २०१४ मा शीर्ष दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो। त्यसपछि कोलकाताको टोलीले ट्रफी नै जित्यो । यस्तो अवस्थामा कोलकाताले क्वालिफायर–१ खेल्दै शतप्रतिशत जितको कीर्तिमान बनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस