२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चुम्बनै चुम्बनले भरिएको ‘लण्डन टू पेरिस’को टिजर

London to Paris

काठमाडौं । फिल्म ‘लण्डन टू पेरिस’को टिजर सार्वजनिक भएको छ । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप भारद्वाजको लेखन छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । फिल्मको ट्रेलर हेर्दा यसमा चुम्बन र बेडसिन भरिभराउ देखिएको छ । फिल्ममा साम्राज्ञी र निश्चललाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

साजु चन्द्रनको सम्पादन रहेको यो फिल्ममा अवेद पाराव र कुनाल कदमको छायांकन छ । फिल्मको पहिलो गीतले खासै चर्चा नपाएको अवस्थामा यसको निर्माणपक्षले टिजर सार्वजनिक गरेको हो । जेठको २५ गतेबाट रिलिज हुने फिल्मले प्रेमको कथा भन्ने वुझिएको छ । तर, गीतपछि सार्वजनिक भएको टिजरले पनि दर्शकलाई प्रभावित बनाउने संभावना कम छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस