२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारमाथिको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय, उपेन्द्रले राजीनामा दिँदै

Jaspa President Upendra Yadav returned from India

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो । भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाका एक नेताले बताए ।

ती नेताले सँग भने, ‘पार्टी विभाजन, भावी रणनीति र सरकारमाथिको समर्थनलगायतका विषयमा बैठकमा छलफल भयो । सरकारमाथिको समर्थन फिर्ता लिने लगायतका निर्णय भोलिको केन्द्रीय कमिटी बैठकमा थप परिपक्व हुनेछ । ब्याक हुने अवस्था छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन आज सन्देश पठाएका थिए । लगत्तै मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेको छ ।

एमाले र माओवादीको मधेश कदमले दबाबमा परेका यादवले कार्यकारिणी बैठकमा समर्थन फिर्ताको प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीबाट गलहत्त्याइनुभन्दा आफैँले सरकार छोड्नु उचित हुने बैठकले निष्कर्ष निकालेको छ । भोलि केन्द्रीय समिति बैठकसँगै उनले राजीनामा दिने स्रोतले बतायो ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस