२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कानून व्यवसायीलाई योग्य बनाउने र अधिवक्ता तहको परीक्षा पास गराउने सारथी बन्दै ज्ञानपुञ्ज

काठमाडौं । कानून व्यवसायीहरू तथ्यका आधारमा पर्याप्त अध्ययन अनुसन्धान गरी इजलासमा उपस्थित होस् भन्ने न्यायाधीसको अपेक्षा रहन्छ भन्ने कुरा सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले बताएका छन् । ज्ञानपुञ्ज स्कुल अफ लिडरसीपद्वारा शनिबार काठमाडौंमा आयोजित नवप्रवेशी कानून व्यवसायीलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा पूर्वन्यायाधीश खतिवडाले उक्त कुरा बताएका हुन् । कार्यक्रममा पूर्व न्यायाधीश खतिवडा प्रमुख अतिथि थिए ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि नेपाल बार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले आफ्नो मन्तव्य राख्दै कानून व्यवसायी प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पेशाप्रति ईमानदार बन्न नवप्रवेशी कानून व्यवसायीहरूलाई सुझाव दिए ।

त्यस्तै, उक्त कार्यक्रममा ३१ औं अधिवक्ता तहको परीक्षामा सर्वोत्कृष्ट हुने ओमप्रकाश घिमिरे, तृतीय हुने दीक्षा खाँण र पहिलो दृष्टिविहीन महिला अधिवक्ता रोशनी अधिकारी तथा प्रशिक्षकहरु एवं सहयोगी अन्यलाई कदर पत्र एवं सम्मानपत्र प्रदान गरिएको थियो । साथै ३१ औं अधिवक्ता तहको परिक्षामा उतीर्ण गरेका नवप्रवेशी कानून व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले कानून व्यवसायको सुरुवात, सञ्चालन र व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरेका थिए भने अधिवक्ता बावुराम दाहालले कानून व्यवसायीका अवसर र चुनौतीहरुका विषयमा प्रशिक्षण दिएका थिए । यस किसिमको प्रशिक्षणले नवप्रवेशी कानून व्यवसायीहरूलाई सफलताको मार्गमा अघि बढाउन अत्यन्त लाभदायक भएको प्रतिक्रिया नेपालकी पहिलो दृष्टिविहीन महिला अधिवक्ता रोशनी अधिकारीले बताइन् ।

ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपका कार्यकारी अध्यक्ष अधिवक्ता हरिप्रसाद डुम्रेले धन्यवाद ज्ञापन गर्दै यस संस्थाले अधिवक्ता तहको परीक्षा तयारी, अन्तरवार्ता तयारी , नमुना अदालत अभ्यास, गतिशील कानून व्यवसायी कसरी बन्ने लगायतका कक्षा, तालिम, गोष्ठी संचालन गर्दै आएको जानकारी दिए । साथै, निकट भविष्यमा मध्यस्थता तालिम, मेलमिलाप तालिम, मस्यौदा लेखन तथा बहस कला तालिम संचालन गर्ने योजना अघि सारेको ज्ञानपुञ्जले अत्याधुनिक प्रविधिको प्रयोग गरि ३२ औं अधिवक्ता तहको अनलाईन तथा भौतिक कक्षाहरु संचालन गरिरहेको छ ।

कार्यक्रममा उपत्यका बार इकाईका अध्यक्ष एवं पदाधिकारीहरू, कानून व्यवसायीहरू, प्रशिक्षक एवं प्रशिक्षार्थीहरू गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस