२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुइरो रवि लामिछानेतर्फ तेरसियो, संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड संसदको अवरोध खुलाउन सकारात्मक देखिएको कांग्रेस नेताहरूले बताएका छन् । छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले पूर्ववत अडान राखेको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको बताए ।

‘हामीले हाम्रो अडान राख्यौँ, प्रधानमन्त्री त्यसमा सकारात्मक देखिनुभएको छ’, लेखकले भने । संसद् खुलाउने–नखुलाउने विषय सरकार र सत्तापक्षमा भरपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए । यो सहमतिसँगै अव समस्याको सुइरो रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेतर्फ तेरसिएको छ । यसले सत्ता गठबन्धनमा हलचल ल्याउनसक्ने देखिन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस