२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेर कारोबारमा आएको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ छ । गत साताको शुक्रबार तोलामा १ लाख ३७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ थियो ।

यसअघि गत साताको शुक्रबार पनि सुनको मूल्य बढेको थियो । विहीबारको तुलनामा २३ सय रुपैयाँले बढेर शुक्रबार कारोबार थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघले सुनको मूल्य बढेपनि चाँदीको तोलामा १० रुपैयाँले घटेको छ ।
यससँगै आज चाँदीको मूल्य तोलामा १७ सय २५ रुपैयाँ छ । गत शुक्रबार यसको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस