२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बलात्कार हैन, सन्दीप लामिछानेमाथी षड्यन्त्र भएको हो : होटल स्टाफ

Cricketer Sandeep Lamichhane will approach the High Court for further legal remedies

काठमाडौं । बलात्कार अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथी षड्यन्त्र भएको दाबीहरु बाहिर आइरहेका छन् । बलात्कार भएको हैन, उनी माथी षड्यन्त्र भएको भन्नेमा घटना भएको दिन पुगेका होटलका स्टाफहरुपनि बोलिरहेका छन् ।

नगरकोटको रिसोर्टमा सन्दीप र गौसला (२६) पुगेको भनिएको होटलका स्टाफले सन्दीपलाई फसाइएको दाबी गरेका हुन् । उहाँ (सन्दीप) र राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण सदस्यहरु सेलिब्रेसन गर्नु पर्दा हाम्रै रिसोर्टमा आउनुहुन्थ्यो । घटना भएको भनिएको दिनपनि सन्दीप हाम्रो रिसोर्टमा आउनुभएको हो ।

उहाँ राति आएपछि होटलमा बस्नेहोला भनेर मैले ३०५ कोठा नम्बरको रुमसमेत बुक गराएको थिए । तर उहाँले दुई वटा खाजा सेट अर्डर गरेर एउटा खाजा सेट एक युवतीसँग मिलेर खानुभयो । र राति उहाँहरु होटलमा नबसी फर्किनुभयो होटलका पुरी थरका स्टाफले हामीसँग भने ।

उनले आफू अदालतमा समेत गएर बयान दिएको र सन्दीप भन्दापनि युवतीले नै धेरै निकटता देखाउन खोजेको दृष्य आफूले देखेको बताएका छन् । त्यो दिनको दृष्यहरु सम्झिदै उनले भने युवतीले सन्दीपलाई फसाउने योजनामा प्रयोग भएर आएकी रहिछन् । उनको हाउभाउ र क्रियाकलापमा त्यो देखिन्थ्यो । अदालतको बयानमापनि उनले यस्तो बयान दिएका थिए ।

सन्दीपलेपनि उक्त होटल गएको बारे विवरण यसरी खुलाएका छन् ।

सन्दीपलेपनि आफूलाई फसाउने गरी कार्य भएको भनेर त्यो दिनको घटना विवरण अदालतलाई यसरी दिएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस