२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजपनि बढ्यो सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा (पहेँलो धातु) सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा आठ सयले वृद्धि भई एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको छ । सोमबार छापवाला सुन तोलामा एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुन तोलामा एक लाख ३५ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ कारोबार भएको थियो । चाँदी मूल्य तोलामा एक हजार छ सय ७५ रुपैयाँ निर्धारण भएको छ । सोमबार चाँदी तोलामा एक हजार छ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस