२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लखनऊलाई हराएर कोलकाता शीर्ष स्थानमा

Kolkata beat Lucknow to the top spot

काठमाडौँ । उत्कृष्ट प्रदर्शन गरिरहेका सुनील नारायणले ३९ बलमा ८१ रन बनाएपछि कोलकाता नाइट राइडर्सले आइतबार लखनऊ सुपर जायन्ट्सलाई ९८ रनले पराजित गरेको छ ।

यो जितसँगै कोलकाता अंकतालिकाको शीर्षमा पनि उक्लेको छ । नारायणले ६ चौका र ७ छक्का प्रहार गरे । कोलकाताले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २ सय ३५ रन बनायो । दुई पल्टको च्याम्पियन कोलकाताले लखनऊलाई १६.१ ओभरमा १ सय ३७ रनमा नै अलआउट गर्‍यो ।

कोलकाताको यो ११ औं खेलमा आठौँ जित हो र उसको प्ले–अफ सम्भावना निश्चित जस्तै भइसकेको छ । दोस्रो स्थानमा झरेको राजस्थान रोयल्सले कोलकाताको तुलनामा एक खेल कम खेलेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस