२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलाई फसाउने षड्यन्त्रमा भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम सार्वजनिक गर्दैछु – सन्दीप लामिछाने

Cricketer Sandeep Lamichhane-

काठमाडौं । नेपाली क्रिकेटलाई विश्व दुनियाँमा पुर्याउन क्रिकेटर सन्दीप लामिछानेको ठूलो भूमिका रहेको छ । उनको कप्तानीमा नेपाल विश्व क्रिकेट मानचित्रमा चम्किएको थियो । अहिले भने खस्किदै गएको छ ।

सन्दीपलाई बलात्कारको अभियोग लाग्यो । अभियोगमा जिल्ला अदालत काठमाडौंले दोषी करार समेत गर्यो । आफू निर्दोष रहेको भन्दै सन्दीपले पुनरावेदन लिएर उच्च अदालत पाटनमा निवेदन दिए । उक्त निवेदनको न्याय निरुपण चाँडै हुनुपर्ने थियो । टी–२० विश्वकपको टीम घोषणा पूर्व कहिलै सुनुवाई गरिएन । जहिलै न्यायाधीशहरुले पेसी सूचीमा चढेपनि हेर्न नभ्याईनेमा राख्दै आएका छन् ।

हिजो मात्र विश्वकपका लागि नेपाली टीम घोषणा भएको छ । त्यसपछि अभियोग लागेदेखि नै मौन रहेका सन्दीपले मुख खोल्न थालेका छन् ।

पहिलो पोष्ट उनले निक्कै अर्थपूर्ण इमोजीबाट सुरु गरे । दोस्रो पोष्टमा आफू निर्दोष रहेको र आफूलाई फसाउनेलाई भगवानले आशीर्वाद दिउन् भनेर लेखे । त्यही पोष्टमा समय आएपछि खुल्दै जाने लेखे ।

त्यसको केही घण्टामा उनले म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु भनेका छन् । जो यस मुद्दामा संलग्न छन् उनीहरुका बारेमा चाँडै खुलाउने उनको चेतवानी छ ।
हेर्नुहोस् पोष्ट

 

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस