२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कप्तान पौडेलले पूरा गरे अर्धसतक

काठमाडौं । चौथो टी–२० खेलेमा वेष्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् । नेपालले एकपछि अर्कौ गर्दै तीन विकेट गुमाइसकेका बेला कप्तान पौडले फर्ममा छन् । उनले ३५ बलमा ५३ रन बनाए ।

दोस्रो बलमा नै आशिफ शेख गोल्डेन डकआउट भएपछि नेपाललाई नराम्रो झट्का लागेको थियो । अर्का ओपनर कुशल भुर्तेलपनि मात्र एक रन जोडेर आउट भए । त्यसपछि आएका कुशल मल्लपनि ४ बलमा मात्र ४ रन जोडेर आउट भए । आशा गरिएका सन्दीप जोरापनि १९ रनमा आउट भए । उनले १४ बलमा दुई चौका लगाए ।’

अहिले दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल क्रिजमा छन् । उनीहरुले नेपालको संकट टार्ने संकेत दिएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस