२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको पोष्टमा इशा गुरुङको कमेण्ट, टीममा बलिदान दिने तपाइका लागि प्रार्थाना गर्छु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको अभियोग लागेपछिको मौनता आज तोडेका छन् । आफू षड्यन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको दाबी गर्दै उनले षड्यन्त्रणमा सहभागी सबैलाई भगवानले आर्शीवाद दिउन् भनेका छन् । उनले थप लेखेका छन्, म सबै कुरा भगवान‍्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।

यसअघि पोष्टमा उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान‍्ले आशीर्वाद दिउन्।

उक्त पोष्टमा समाजसेवी इशा गुरुङले कमेण्ट गरेकी छिन् । टीमका लागि बलिदान दिने भाई तपाई अद्भूत हुनुहुन्छ । प्रतिक्षा गर्नुहोस्, आशा छ सबै कुरा ठिक हुन्छ । तपाईको राम्रो भाग्यका लागि म प्रार्थाना गर्दछु ।

उनको यो कमेण्टमा धेरैले लाईक रियाक्ट गरेका छन् । उनी मात्र हैन अधिकांश महिला फ्यानहरुले सन्दीपका लागि प्रार्थाना गरिरहेका छन् । अधिकांशले नै राम्रो र सकारात्मक नतिजाका लागि प्रार्थाना गर्दछु लेखिरहेका छन् ।

बलात्कार अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीप निर्दोषिताका लागि पुनरावेदन लिएर उच्च अदालत पाठन गएका छन् । अदालतले सुनुवाईका लागि बारम्बार पेसी तोक्दा समेत न्यायाधीशहरुले हेर्न नभ्याईनेमा राखेर भागि रहेका छन् । विश्वकप अघि नै न्याय निरोपण नहुँदा सन्दीप विश्वकप खेल्नबाट बञ्चित भएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस