२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेले मौनता तोडे : म षड्यन्त्रको शिकार भएँ [ भिडिओसहित ]

Cricketer Sandeep Lamichhane will approach the High Court for further legal remedies

काठमाडौं । लामो समयदेखि नेपाली क्रिकेटको सेवा गरेका र नेपाललाई यो स्थानमा पुर्याउन भूमिका खेलेका क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको अभियोग लागेको छ । उनी अहिले अभियोगबाट सफाई लिनका लागि पुनरावेदन दिएर उच्च अदालत पाटनबाट न्यायको पर्खाइमा छन् ।

आरोप लागेदेखि नै सन्दीप मौन थिए । आज उनले मौनता तोडेका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले म षड्यन्त्रको शिकार भए भन्दै यस षड्यन्त्रमा भूमिका खेल्नेलाई भगवानले आशिर्वाद दिउन् भनेर लेखेका छन् । उनले नेपाली क्रिकेट टीम भित्रदेखि विश्व भूराजनीतिसम्म षड्यन्त्रमा लागेको बताउँदै आएका थिए । न्यायीक प्रक्रिया चलिरहेकाले सबै कुरा खोलेका छैनन् । तर समय आएपछि खोल्ने उनले आजको पोष्टबाट चेतवानी दिएका छन् ।
सन्दीपको मुद्दा पेसीमा चढेपछिपनि बारम्बार हेर्न नभ्याईनेमा राखेर न्यायाधीशहरु भागिरहेका छन् । उच्च अदालतमा पुनरावेदनमा गएको मुद्दामा जतिसक्दा चाँडो न्यायीक निरोपण गर्नुपर्ने नियमावलीमा छ । तर सन्दीपलाई विश्वकपमा खेल्न नदिनकै लागि ढिलाई गरेको शंका सन्दीपले आजपनि गरेका छन् । आज मात्र नेपालको टी–२० विश्वकप स्क्वाड (टीम) घोषणा भएको थियो । टोली घोषणा हुनासाथ उनले एक अर्थपूर्ण इमोजी मात्र पोष्ट गरेका थिए । इमोजी सामान्य तर अर्थपूर्ण छ । त्यसमा उनले केही पनि शब्द लेखेका छैनन् ।

सन्दीपको उक्त इमोजीमा हजारौं कमेन्टहरु आइरहेका छन् । अधिकांशले उनलाई हिम्मत नहार्न सुझाव दिएका छन् । कतिले चाहीँ अदालतबाट तुरुन्तै सफाइ पाएर अझै पनि विश्वकपमा देख्न पाउने आशा व्यक्त गरेका छन् ।

उनको पोष्ट नेपालीमा यस्तो छ ।
मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखे। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशिर्वाद दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस